असार ५ गते बिहिबार, आषाढ कृष्णपक्ष अष्टमी तिथि
मेष
अनावश्यक खर्चमा नियन्त्रण राख्नु आवश्यक छ। जिद्दीपनाले काममा समस्या आउन सक्छ, त्यसैले सावधानी अपनाउनुहोस्।
वृष
बैंकिङ, आयात–निर्यात तथा वित्तीय क्षेत्रबाट लाभ उठाउने अनुकूल समय छ। व्यवसायिक निर्णयहरू लाभदायक सावित हुन सक्छन्।
मिथुन
काममा उपलब्धि मिल्नेछ। व्यवसायमा नाफा प्राप्त हुनेछ।
कर्कट
धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। विगतमा गरिएको श्रमबाट सन्तोषजनक प्रतिफल प्राप्त हुनेछ।
सिंह
स्वास्थ्यमा समस्या आउन सक्छ, त्यसैले सचेत रहनुहोस्। जोश र आत्मबलमा कमी आउन सक्छ, सकारात्मक रहनु महत्त्वपूर्ण छ।
कन्या
यात्रा लाभदायक बन्ने सम्भावना छ। साझेदारहरूप्रति विश्वासको वातावरण सृजना हुनेछ, व्यवसायिक समझदारी बलियो बन्नेछ।
तुला
दीर्घकालीन फाइदा हुने क्षेत्रमा पूँजी र श्रम लगानी गर्ने उपयुक्त समय रहेको छ। धैर्यका साथ अघि बढ्दा लाभ पाइनेछ।
वृश्चिक
नयाँ कार्यको योजना बन्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ र यात्राका अवसर देखिन्छन्।
धनु
लाभ र हानि, आय र व्यय समान रहनेछ। सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ।
मकर
पारिवारिक सहयोगले ठूलो कार्य सम्पन्न हुनेछ। जोश र हिम्मत बढ्नेछ।
कुम्भ
नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। सामाजिक कार्यमा भाग लिनु पर्नेछ। नयाँ अवसरहरू आउनेछन्।
मीन
रोकिएका कामहरू पुनः सुरु हुनेछन्। जोश र उमङ्ग बढ्नेछ। वैदेशिक काममा प्रगति हुनेछ।


