चालु आर्थिक वर्षमा आम सर्वसाधारणले गर्ने उपभोग, बजार उत्पादन र आयात बढेको देखिएको छ। आयात मात्रै १३ प्रतिशतले बढेको छ।
सरकारले संकलन गर्ने राजस्वले आन्तरिक उत्पादन र उपभोग बढेको देखाएको छ। आर्थिक क्रियाकलाप तथा कारोबारमा आधारित राजस्व संकलन बढेको छ।
चालु वर्षमा विदेशबाट वस्तु आयातको कारण भन्सार विन्दुमा उठाइने शुल्क (भन्सार महसुल) १४ प्रतिशतले बढेको छ।
मूल्य अभिवृद्धि कर (भ्याट) को वृद्धिदर पनि १० प्रतिशत छ। यसमा पनि उत्पादन, बिक्री र सेवामा लाग्ने भ्याट करिब १४ प्रतिशतले बढेको छ।


