मितेरी सहकारीको बचत अपचलनका आराेपी भण्डारीलाई आज कम्बोडियाबाट ल्याइँदै


मितेरी सहकारीको बचत अपचलनका आराेपी भण्डारीलाई आज कम्बोडियाबाट ल्याइँदै

काठमाडौँ — ललितपुरको मितेरी मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा आजै काठमाडौं ल्याइने भएकाे छ । अध्यागमन स्रोतका भण्डारीलाई सिंगापुर एअरलाइन्समार्फत कम्बोडियाबाट सिंगापुर हुँदै काठमाडौं ल्याइन लागेको हो । उक्त विमानको काठमाडौंमा अवतरण तालिका राति ९ बजेर ४५ मिनेटमा रहेको छ ।

मितेरी सहकारीमा केही वर्षअघिसम्म कांग्रेस उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ महाप्रबन्धक थिइन् । महाप्रबन्धक रहेकै बखत सहकारीको बचत रकम अपचलन गरी उनी भागेकी थिइन् । ज्योति र अर्का आरोपित ज्योतिबहादुर भण्डारी रकम अपचलन गरेर फरार भएपछि दुवै जनालाई प्रहरीले ‘इन्टरपोल’मार्फत ‘रेड नोटिस’मा समेटेर फरार सूचीमा राखेको थियो ।

Read More