वीरगञ्ज । आयातनिर्यात कारोबारका हिसाबले प्रमुख नाकाका रहेको आईसीपी भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव) २०८१/८२ को ११ महीनामा १ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ राजस्व उठाएको छ । यो रकम लक्ष्यको करीब ८० प्रतिशत हो ।
यो भन्सारलाई चालु आवको असारदेखि जेठसम्मको ११ महीनामा १ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य तोकिएको थियो ।
बितेको जेठ महीनामा मात्रै भन्सारले १८ अर्ब १८ करोड रुपैयाँ राजस्व उठाएको आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए । लामिछानेका अनुसार यो रकम लक्ष्यको ८७ दशमलव ९१ प्रतिशत हो ।
आईसीपी भन्सारलाई जेठ महीनाका लागि २० अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो ।


