आईपीओ निष्काशन गर्न माबिलुङ इनर्जीलाई बोर्डको स्वीकृती


आईपीओ निष्काशन गर्न माबिलुङ इनर्जीलाई बोर्डको स्वीकृती

नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जी लिमिटेडलाई प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न असार १ गते अनुमति दिएको हो।

कम्पनीले जारी पूँजीको ४८.९९९८ प्रतिशत आईपीओ निष्काशन गर्न अनुमति पाएको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता आईपीओ आयोजन प्राभावित क्षेत्रका स्थानिय बासिन्दा र सर्वसाधारणका लागि निष्काशन गर्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Read More