विवाहित महिलालाई एकल महिला भनी भत्ता उपलब्ध गराउने गाविसका तत्कालीन अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा

विवाहित महिलालाई एकल महिला भनी भत्ता उपलब्ध गराउने गाविसका तत्कालीन अध्यक्षसहित १७ जनाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता वितरणमा भ्रष्टाचार गरेको आरोपमा गाउँ विकास समितिका तत्कालीन अध्यक्षसहित १७ जना विरुद्ध मुद्दा दायर गरेको छ। 

नरैनापुर गाउँ विकास समिति बाँकेका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तव ,कार्यालयका सचिवद्वय सावित राम कुर्मी,अशोक कुमार श्रीवास्तवलगायत १७ जनाविरुद्ध ६ लाख ५६ हजार ७०० रुपैयाँ हिनामिना गरेको आरोपमा आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।

Read More