बीमाको एकीकृत निर्देशन जारी गर्दै प्राधिकरण


बीमाको एकीकृत निर्देशन जारी गर्दै प्राधिकरण

काठमाडौं । बीमाक्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले संस्थागत सुशासन, अन्डरराइटिङ, दाबी भुक्तानीलगायत प्रावधानमा कडाइ गर्दै एकीकृत निर्देशन जारी गर्ने तयारी गरेको छ । प्राधिकरणले वर्षभरि जारी गरेको निर्देशनहरूलाई एकीकृत र संशोधन गरी आगामी आर्थिक वर्ष २०८२/८३ बाट लागू गर्ने गरी तयारी अघि बढेको प्राधिकरणले बताएको छ । 

एकीकृत निर्देशनमार्फत बीमा ऐन र नियमावलीमार्फत आएका विषयहरू निर्देशनमा मिलाउने र बीमाक्षेत्रका केही विकृतिलाई रोक्ने गरी केही प्रावधानमा कडाइ गर्न सक्ने प्राधिकरणले संकेत गरेको छ । 

  • बुधवार र बिहीवार जीवन तथा निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरूसँग बीमा प्राधिकरणको छलफल 
  • नीति, निर्देशनहरू कार्यान्वयनमा व्यवस्थापनलाई जिम्मेवार बनाउन कम्पनी सञ्चालक समितिलाई भूमिका खेल्न अध्यक्ष ओझाको आग्रह

प्राधिकरणले गत साता बुधवार र बिहीवार जीवन तथा निर्जीवन बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरूसँग एकीकृत निर्देशनमार्फत समसामयिक सुधार गर्ने विषयमा छलफल गरेको छ ।

Read More