बंगलादेशमा बिधुत् निर्यात आजबाट सुरू, १ अर्ब २९ करोड आम्दानी हुने


बंगलादेशमा बिधुत् निर्यात आजबाट सुरू, १ अर्ब २९ करोड आम्दानी हुने

काठमाडौ । नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलोपटक १२ घण्टाका लागि भारतीय प्रसारण लाईन हुँदै बङ्गलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यसवर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत निर्यात सुरु गरेको हो । 

गतवर्षको असोज १७ गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत विक्रि सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म जम्मा १२ घण्टामात्र विद्युत निर्यात भएको थियो । 

Read More