बैंकहरूको निर्देशित कर्जा साढे १६ खर्ब, कृषिमा लगानी १४ प्रतिशत


बैंकहरूको निर्देशित कर्जा साढे १६ खर्ब, कृषिमा लगानी १४ प्रतिशत

३० जेठ, काठमाडौं । वाणिज्य बैंकहरूले कुल कर्जा एक तिहाइ निर्देशित क्षेत्रमा मात्र कर्जा लगानी गरेका छन् ।

बैंकहरू चालु आर्थिक वर्ष चैत मसान्तसम्म कुल कर्जाको ३३.५ प्रतिशत निर्देशित क्षेत्रमा लगानी गरेका हुन् ।

केन्द्रीय बैंकले अर्थतन्त्र चलायमान बनाउन तथा आन्तरिक उत्पादन बढाउने उद्देश्यसाथ तोकिएको क्षेत्रमा कर्जा लगानी गर्न बैंक तथा वित्तीय संस्थालाई अनिवार्य गरेको छ ।

यसरी तोकिएका क्षेत्रको कर्जामा केन्द्रीय बैंकले आधार दरमा २ प्रतिशतभन्दा धेरै ब्याजदर लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकका अनुसार चालु आव चैतसम्म बैंकहरुले ४९ खर्ब १३ अर्ब कुल कर्जा लगानी गरेका छन् । यसमध्ये बैंकहरूको निर्देशित क्षेत्रको कर्जा मात्रै १६ खर्ब ४५ अर्ब रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ ।

Read More