१० महिनामा वाणिज्य बैँकहरुको नाफा ४७ अर्ब ७९ करोड


१० महिनामा वाणिज्य बैँकहरुको नाफा ४७ अर्ब ७९ करोड

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैँकहरूको नाफामा सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र नाफा करिब ८१ करोड रुपैयाँ अर्थात् १.६७ प्रतिशतले घटेको हो । 

राष्ट्र बैँकको तथ्याङ्क २० वटा वाणिज्य बैँकहरूले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को यही अवधिमा यी बैँकहरूको कुल नाफा ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ रहेको थियो । आर्थिक सुस्तता, कर्जा प्रवाहमा देखिएको चुनौती, खराब कर्जामा भएको वृद्धि र ब्याजदरमा आएको उतारचढावले समग्र बैँकिङ क्षेत्रको मुनाफामा असर पारेको विज्ञहरू बताउँछन् ।

Read More