भिजिट भिसा प्रकरण : सत्ता पक्ष र माओवादीबीच सहमति, रास्वपा र राप्रपाको अवरोध जारी


भिजिट भिसा प्रकरण : सत्ता पक्ष र माओवादीबीच सहमति, रास्वपा र राप्रपाको अवरोध जारी

काठमाडौँ — सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दल माओवादीबीच भिजिट भिसा प्रकरणको छानबिन र प्रतिनिधिसभाको अवरोध खुलाउने सहमति भए पनि रास्वपा र राप्रपाले भने विरोध जारी राखेका छन् । 

सभामुख देवराज घिमिरेले माओवादी प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए पनि रास्वपा र राप्रपाले भने अवरोध जारी राखेका हुन् ।

शुक्रबार दिउँसो प्रतिनिधि सभाको अवरोध अन्त्य गरी बैठक सुरु गर्न सत्तापक्षबाट एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सहमति गरेका थिए । तर रास्वपा र राप्रपाले भने सदनमा अवरोध जारी राखेका छन् ।

Read More