आर्थिक गतिविधिमा शिथिलताल कायमै, केन्द्रीय बैंकको तथ्यांकमा अर्थतन्त्रका सबै सूचक सकारात्मक


आर्थिक गतिविधिमा शिथिलताल कायमै, केन्द्रीय बैंकको तथ्यांकमा अर्थतन्त्रका सबै सूचक सकारात्मक

अहिले देशको आर्थिक अवस्था शिथिल अवस्थामा रहेको उद्योगी व्यवसायीहरुको भनाइ छ । अहिले आर्थिक अवस्था चलायनमान बन्न नसकिरहेको अवस्था छ । तर, नेपाल राष्ट्र बैंकको तथ्यांकले भने अर्थतन्त्रका सबै सूचक सकारात्म देखाएको छ । तथ्यांकमा भएको सकारात्मकता व्यवहारमा देखिन सकेको छैन् । 

अहिले सबैले अर्थतन्त्रमा संकुचन रहेको र आर्थिक गतिविधि चलायमान बन्न सकेको वताइरहेका छन् । यस्तोमा राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनासम्मको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकअनुसार अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक देखिएका छन् । केन्द्रीय बैंकको तथ्यांक अनुसार महँगी नियन्त्रणमा छ, विदेशी मुद्रा सञ्चिति बढेको छ, शोधनान्तर खाता र चालु खाता बचतमा छन् । त्यस्तै रेमिट्यान्स पनि पर्याप्त भित्रिएको छ । जसले अर्थतन्त्रलाई ठिक रहेको देखाएको देखाउँछ । तर वास्तविकतामा भने त्यो देखिदैन् । अहिले अर्थतन्त्र निकै संकुचनमा रहेको व्यवसायीहरुको भनाइ छ । 

Read More