काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)ले विश्वभरका परियोजनाका लागि गरेको बजेट कटौतीमा नेपाल पनि परेको छ ।
अमेरिकी कंग्रेसले विगत वर्षमा ९ सय ३० मिलियन डलर रहेको एमसीसी अनुदान रकम सन् २०२६ का लागि करिब ७५ प्रतिशत बढीले घटाएर २ सय २४ मिलियन डलर मात्र प्रस्ताव गरेको छ ।
नेपालले वार्षिक करिब ५० करोड अमेरिकी डलर (करिब ७० अर्ब रुपैयाँ) एमसीसी कम्प्याक्ट परियोजनाअन्तर्गत सडक पूर्वाधार र विद्युत् ट्रान्समिसन लाइन निर्माणमा सहयोग पाइरहेको छ ।


