५० लाख डलर तिरेर अमेरिकामा स्थायी बसोबास गर्न चाहनेका लागि सुनौलो अवसर सुरु


५० लाख डलर तिरेर अमेरिकामा स्थायी बसोबास गर्न चाहनेका लागि सुनौलो अवसर सुरु

काठमाडौं : डोनाल्ड ट्रम्पको "ट्रम्प कार्ड" (जसलाई "गोल्ड कार्ड" पनि भनिन्छ) को दर्ता प्रक्रिया सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत उक्त जानकारी दिएका हुन् । ५० लाख (५ मिलियन) डलरमा तिरेर यो कार्ड खरिद गर्ने विदेशी नागरिकहरु स्थायीरुपमै अमेरिकामा बसोबास गर्न पाउने छन् ।

ट्रुथ सोसलमा पोस्ट गरिएको एक विज्ञप्तिमा ट्रम्पले उक्त कार्डलाई ग्रीन कार्डको प्रिमियम विकल्पको रुपमा प्रचार गरेका छन् । उनले यसलाई “संसारको सबैभन्दा महान देश र बजारसम्म पहुँच प्राप्त गर्ने सुन्दर बाटो” भनेर वर्णन गरेका छन् । हजारौंले फोन गरी दर्ता कसरी गर्ने भनेर सोधिरहेको पनि ट्रम्पले थपेका छन् ।

Read More