२९ जेठ, काठमाडौं । अध्यागमन विभागले कालोसूचीमा राखेको २४ घन्टा नवित्दै एक जना अभियुक्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर दुबई पुगेको खुलेको छ ।
भारतमा साढे ९५ किलो सुन तस्करी प्रकरणमा ‘मोस्ट वान्टेड’ रहेका आरोपी जागेश्वर शाह कालोसूचीका बाबुजद विमानस्थलबाट उम्किएको भेटिएको हो ।


