ट्रम्पको भन्सार युद्धका कारण विश्व अर्थतन्त्र सुस्ताउने विश्व बैंकको प्रक्षेपण, अमेरिकालाई नै धेरै घाटा

ट्रम्पको भन्सार युद्धका कारण विश्व अर्थतन्त्र सुस्ताउने विश्व बैंकको प्रक्षेपण, अमेरिकालाई नै धेरै घाटा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सारा विश्वसँग सुरू गरेको भन्सार युद्धका कारण यो वर्ष विश्व अर्थतन्त्र सुस्ताउने विश्व बैंकले प्रक्षेपण गरेको छ।

मंगलबार ग्लोबल इकोनमी प्रस्पेक्ट्स प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकाले सुरू गरेको भन्सार युद्धका कारण सन् २०२५ मा विश्व अर्थतन्त्र २.३ प्रतिशतले मात्रै बढ्ने विश्व बैंकले जनाएको छ। गत वर्ष विश्व अर्थतन्त्र २.८ प्रतिशतले बढेको थियो।

आर्थिक वृद्धि दर घटे पनि विश्व अर्थतन्त्र मन्दीमा भने नजाने विश्व बैंकले बताएको छ।

Read More