अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकता दिन अर्थमन्त्री पौडेलको निर्देशन


अन्तर मन्त्रालय सहजीकरणलाई प्राथमिकता दिन अर्थमन्त्री पौडेलको निर्देशन

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले कानूनको सीमाभित्र रहेर अन्तरमन्त्रालयका कार्यहरुलाई प्राथमिकता दिन कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । 

अर्थमन्त्री पौडेलले भने–‘अर्थ मन्त्रालयले रोक्छ भन्ने बाटोबाट नहिडौं। प्रथमिकताका आधारमा सहजीकरण गरेर छिटो कार्य सम्पन्न गर्ने वातावरण तयार पारौं ।‘ अर्थमन्त्री पौडेलले परिणाममुखी अभ्यासमा जान जरुरी रहेको उल्लेख गर्दै लक्ष्यहरु पूरा गर्न अतिरिक्त मेहनतका साथ कार्य सम्पादन गर्न निर्देशन दिए ।

Read More