काठमाडौँ — धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठका सम्बन्धमा प्रकाशित समाचार हटाउन जिल्ला अदालत काठमाडौंले तुरुन्त हटाउन दुई वटा अनलाइनलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माले नेपाल खबर र बिजमाण्डुमा धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठका सम्बन्धमा प्रकाशित समाचार तुरुन्त हटाउन भनी मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए ।
श्रेष्ठले आफ्ना सम्बन्धमा प्रकाशित समाचार हटाउने आदेश माग्दै जिल्ला अदालतमा जेठ २६ मा निषेधाज्ञाको निवेदन दर्ता गराएका थिए ।

