आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा ३ खर्ब ६८ अर्ब ६८ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ।
यो गत वर्षको तुलनामा ७.३ प्रतिशतले बढी हो।
नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार अघिल्लो वर्षको यही अवधिमा २ खर्ब २५ अर्ब २४ करोड (४.७ प्रतिशत) कर्जा प्रवाह भएको थियो।
२०८२ वैशाख मसान्तमा वार्षिक आधारमा निजी क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।


