नेपालमा विदेशबाट घुम्न आउने पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको र पर्यटक नेपालको विकासको मेरुदण्ड बन्न सक्ने विषयमा निकै चर्चा हुने गरेको छ । नेपालीहरुले विदेशबाट घुम्न आएका विदेशीहरुबाट प्राप्त हुने रकमले देशको विकास हुने बताइ रहँदा तथ्यांकले भने अवस्था फरक देखाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो १० महिनाको आर्थिक तथा वित्तीय अवस्थामा नेपालमा आउने विदेशी पर्यटकले नेपालमा गर्न खर्चकै हाराहारीमा विदेश घुम्न जाने नेपालीले गरेको खर्च रहेको छ । चालु आर्थिक वर्षको वैशाख महिसान्तसम्मको अवधिमा विदेशबाट नेपाल घुम्न आउने पर्यटकबाट नेपालले ७५ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ । सोही अवधिमा नेपालबाट विदेश घुम्न जाने नेपालीले ७३ अर्ब रुपैयाँ खर्च गरेका छन् ।


