रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमान, एकै महिना १ खर्ब ६५ अर्बको रेकर्ड


रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमान, एकै महिना १ खर्ब ६५ अर्बको रेकर्ड

काठमाडौँ । रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । बैशाख महिनामा भित्रिएको रेमिट्यान्स रकमले ऐतिहासिक रेकर्ड कायम गरेको हो । यो महिना १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । अघिल्लो वैशाख मसान्तमा जम्मा ११५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

चैत मसान्तसम्म नेपालमा ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । बैशाख मसान्तसम्म आइपुग्दा यो रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको हो । यो अवधिमा भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको सोही अवधिको भन्दा १६.९ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ । 

Read More