निक्षेप संकलन १६ अर्बले बढ्दा कर्जा २ अर्ब : बैंकको सीडी रेसियो ७८.५९ प्रतिशतमा


निक्षेप संकलन १६ अर्बले बढ्दा कर्जा २ अर्ब : बैंकको सीडी रेसियो ७८.५९ प्रतिशतमा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जेठ २२ गते मात्रै बैंक तथा वित्तीय संस्थाहरूमा १६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । सोही दिन कर्जा प्रवाह भने २ अर्ब रुपैयाँ भएको छ।

केन्द्रीय बैंकका अनुसार जेठ २१ गतेसम्म ६९ खर्ब ५१ अर्ब रुपैयाँ रहेको कुल निक्षेप रकम, एक दिनमै बढेर ६९ खर्ब ६६ अर्ब रुपैयाँमा पुगेको हो। कर्जा प्रवाह पनि ५५ खर्ब ५१ अर्बबाट बढेर ५५ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ। यो आँकडाले बैंकहरूमा नगद भित्रिने दर कर्जाको तुलनामा उल्लेख्य रूपमा उच्च भएको स्पष्ट देखाएको छ ।  जसले प्रणालीमा थप तरलता सृजना गरिरहेको छ।

Read More