आजको आर्थिक राशिफल: जेठ २७ गते मङ्गलबार, ज्येष्ठ शुक्लपक्ष चतुर्दशी तिथि - कुन राशिको लागि कस्तो?


आजको आर्थिक राशिफल: जेठ २७ गते मङ्गलबार, ज्येष्ठ शुक्लपक्ष चतुर्दशी तिथि - कुन राशिको लागि कस्तो?

जेठ २७ गते मङ्गलबार, ज्येष्ठ शुक्लपक्ष चतुर्दशी तिथि

मेष
नयाँ लगानीका लागि समय उपयुक्त छैन । हाल चलिरहेका कार्यहरूमा ध्यान केन्द्रित गर्दा अपेक्षित परिणाम प्राप्त हुनसक्छ ।

वृष
साझेदारीमा आधारित काममा प्रगति हुनेछ । जीवनसाथीको सहयोगले कार्य सफलताको दिशामा उन्मुख हुनेछ ।

मिथुन
आम्दानीमा वृद्धि र पुराना लेनदेन मिल्न सक्छ। धनको संग्रह सम्भव छ।

कर्कट
शुभचिन्तक तथा वरिष्ठ व्यक्तिको सुझावमार्फत रोकिएका कार्यहरू सम्पन्न हुने सम्भावना छ ।

सिंह
खर्चमा वृद्धि र सहकर्मीबीच विवादको आशंका छ । व्यवहार र निर्णयमा सतर्कता आवश्यक छ ।

कन्या
नवीन अवसरहरू देखापर्नेछन् । आम्दानीमा सुधार हुने र नयाँ स्रोतहरू पनि विकसित हुने सम्भावना छ ।

तुला
खर्च र समस्याहरू बढ्न सक्छन् । कार्य क्षेत्रमा सावधानीपूर्वक अगाडि बढ्नु उपयुक्त हुनेछ ।

वृश्चिक
नयाँ व्यावसायिक लगानीका लागि अनुकूल समय छ । सामाजिक सम्मान प्राप्तिको सम्भावना पनि देखिन्छ ।

धनु
अप्रत्यक्ष कारणहरूले कार्यमा अवरोध आउन सक्छ । योजना कार्यान्वयनमा विशेष सतर्कता आवश्यक हुनेछ ।

मकर
आम्दानीमा वृद्धि हुने र साथीभाइबाट सहयोग प्राप्त हुने संकेत छन् । समन्वयमा आधारित काम सफल हुनेछन् ।

कुम्भ
रचनात्मक कार्यहरूमा संलग्न हुन उपयुक्त समय हो । उच्च पद वा नयाँ जिम्मेवारी प्राप्तिको योग छ ।

मीन
सिर्जनात्मक कार्यबाट अरूलाई प्रभावित पार्न सकिनेछ । आम्दानीमा सामान्य वृद्धिको सम्भावना देखिन्छ ।