पीपीए सम्झौताका लागि सम्पर्कमा आउन ५१ कम्पनीलाई प्राधिकरणको पत्राचार, ४ दिनको म्याद
Bizpati
2082-2-26
नेपाल बिद्युत प्राधिकरणले बिद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गर्नका लागि ५१ वटा कम्पनीलाई औपचारिक पत्राचार गरी चार दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । प्राधिकरणले जेठ २५ गते ती कम्पनीहरूलाई पत्र पठाउँदै सम्झौता प्रक्रिया अगाडि बढाउन आवश्यक कागजातसहित उपस्थित हुन भनेको हो ।
प्राधिकरणका अनुसार कम्पनीहरूले आफ्नो आयोजना राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रभित्र पर्छ वा पर्दैन भन्ने विवरणसहित अहिलेसम्मको भौतिक तथा आर्थिक प्रगतिको प्रतिवेदन बुझाउनुपर्नेछ । यसका आधारमा आगामी सम्झौता प्रक्रिया अघि बढाइने जनाइएको छ ।