काठमाडौं : नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार स्रोतले जनाएको छ।
सरकारले गत वर्ष भदौमा पहाडीलाई नेपाल दुरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो।


