जेठ २५ गते आइतवार ज्येष्ठ शुक्लपक्ष चतुर्थी तिथि, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?


जेठ २५ गते आइतवार ज्येष्ठ शुक्लपक्ष चतुर्थी तिथि, कुन राशिको लागि आर्थिक राशिफल कस्तो ?

जेठ २५ गते आइतबार, जेष्ठ शुक्लपक्ष द्वादशी तिथि     


मेष
विविध अवसरहरू प्राप्त हुनेछन् । वित्तीय लेनदेनबाट लाभ उठाउन सकिनेछ, तर निर्णयमा विवेक आवश्यक छ ।

वृष 
नयाँ व्यावसायिक प्रयास सुरु हुने संकेत छन् । व्यापारमा उल्लेखनीय लाभ हुने सम्भावना देखिन्छ । 

मिथुन 
प्रशासनिक समस्याहरू समाधानतर्फ उन्मुख हुनेछन् । साथीभाइको सहयोगबाट काममा सहजता आउनेछ । 

कर्कट
अर्थहीन कार्यमा समय खर्च हुँदा व्यवसायिक क्षेत्रमा घाटाको सम्भावना देखिन्छ । प्राथमिकता निर्धारणमा सतर्कता आवश्यक छ ।

सिंह
साझेदारी, सट्टापट्टा तथा व्यापारमा लाभ हुने समय छ । सञ्चित पूँजीको उचित प्रयोगबाट थप फाइदा लिन सकिनेछ । 

कन्या
व्यवसायबाट सन्तोषजनक आम्दानी हुने संकेत छन् । खर्चमा नियन्त्रण रहनु सकारात्मक पक्ष हुनेछ । 

तुला
प्रभावशाली व्यवहारका माध्यमबाट लक्ष्य हासिल गर्न सकिनेछ । अघिल्लो मेहनतको प्रतिफलस्वरूप आर्थिक लाभ हुने सम्भावना छ ।

वृश्चिक
लेनदेनका क्षेत्रमा केही कमजोरी देखिए पनि व्यापारमा स्थिर र सन्तोषजनक प्रगति हुनेछ ।

धनु
स्थिर सम्पत्तिबाट लाभ प्राप्त हुने समय छ । व्यावसायिक क्षेत्रमा पनि उल्लेखनीय फाइदा सम्भव छ ।

मकर
नयाँ कामको सुरुवातमार्फत आम्दानीका वैकल्पिक स्रोत विस्तार गर्न सकिनेछ ।

कुम्भ
सामाजिक क्षेत्रको योगदानमार्फत धन तथा प्रतिष्ठा प्राप्तिको योग देखिन्छ । 

मीन
व्यवसायमा विचारपूर्वक निर्णय लिनुपर्ने समय हो । हतार वा भावनात्मक निर्णयले नोक्सान गराउन सक्छ ।