बैंकहरूको टाउको दुखाइ बन्दै कृषि र ‘एसएमई’ लगानी, प्रणालीको दोब्बर निष्क्रिय कर्जा


बैंकहरूको टाउको दुखाइ बन्दै कृषि र ‘एसएमई’ लगानी, प्रणालीको दोब्बर निष्क्रिय कर्जा

२३ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई पछिल्लो समय कृषि एवं साना तथा मझौला उद्यम (एसएमई) मा गरेको लगानी टाउको दुखाइ बनेको छ ।

अन्य क्षेत्रको तुलनामा कृषि तथा एसएमईको कर्जा ‘डिफल्ट’ दर उच्च भएपछि राष्ट्र बैंकको समेत ध्यान केन्द्रित भएको हो ।

चालु आर्थिक वर्ष चैतसम्म बैंक तथा वित्तीय संस्थाको खराब कर्जा औसतमा ५.२४ प्रतिशत छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाले ५५ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । तर, सोही अवधिमा कृषि तथा एसएमईमा प्रवाह भएको कर्जामध्ये करिब ९ प्रतिशत खराब भएको नेपाल राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।

Read More