सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२५ को अवसरमा “सांग्रिला ग्रीन सेभिङ” योजनाअन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले गत वर्ष सुरु गरेको उक्त योजनाले एक खाता बराबर एक रुख रोप्ने प्रतिबद्धता जनाएको थियो, जुन प्रतिबद्धताको निरन्तरतास्वरूप यस वर्ष नुवाकोटको ककनी गाउँपालिका–१, ओखरपौवास्थित महालक्ष्मी मन्दिर क्षेत्र वरिपरि वृक्षारोपण गरिएको हो।
कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष श्री उज्वल सत्याल, सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत श्री अपूर्व प्रसाद जोशी, प्रमुख कर्जा अधिकृत श्री रजित मास्के, ककनी गाउँपालिकाका अध्यक्ष श्री सुमन तामाङ, वडा नं. १ का अध्यक्ष श्री पदम बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्री उज्वल सत्यालले वातावरण संरक्षणप्रति बैंकको दायित्वबोधस्वरूप यस्ता कार्यक्रमहरू सञ्चालन गरिँदै आएको उल्लेख गर्दै, यस्तो गतिविधिबाट स्थानीय नागरिकहरूमा पनि वातावरणप्रतिको जागरुकता बढ्ने विश्वास व्यक्त गर्नुभयो। साथै, ककनी गाउँपालिकाका अध्यक्ष श्री सुमन तामाङले बैंकको यो कदमको प्रशंसा गर्दै वातावरण संरक्षणमा स्थानीय सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
सार्वजनिक विश्वास र भरोसाले सशक्त बनेको सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा र ३० वटा एटीएममार्फत सेवा दिँदै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासमा आधारित रहेर बैंकले आगामी दिनमा सेवा विस्तारसँगै वातावरणमैत्री पहललाई समेत अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।


