पर्वतको सेराफाँट (वीरेठाँटी-नयाँ पुल) देखि मुस्ताङको मुक्तिनाथसम्म ८१ दशमलव ०४१ किलोमिटरको लामो केबुलकार निर्माण हुने भएको छ ।
निर्माण सम्पन्न भएपछि यो केबुलकार विश्वकै सबैभन्दा लामो केबुल कारमध्ये हुनेछ । हाल विश्वकै सबैभन्दा लामो केबुलकार स्विडेनमा छ, जस्को कूल लम्बाई १३.२ किमी मात्र छ ।
सात स्थानमा स्टेशन रहने उक्त केबुल कार निर्माणको लागि रु ५७ अर्ब ६४ करोड ३७ लाख खर्च हुने बताइएको छ ।


