सिभिल बैंकले मेलम्ची नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने


  • Laxmi Sunrise Bank Ad
  • Prabhu Bank Limited (PRVU)
 सिभिल बैंकले मेलम्ची नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

 

काठमाडौँ - सिभिल बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र मेलम्ची नगरपालिकाबीच सम्झौता भएको छ । आइडिया स्टुडियो नेपालको सहकार्यमा मेलम्ची नगरपालिकाभित्र रहेका घरेलु कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादित बस्तुको बजार प्रबद्र्घन गर्दै व्यबसायिक कृषी कर्जा लगानी गर्ने बिषयमा त्रिपक्षिय सम्झौता भएको हो ।

 

सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, आइडिया स्टुडियो नेपालका अध्यक्ष डा. छिरिङ्ग लामा र मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता अनुसार आइडिया स्टुडियो नेपालले मेलम्ची नगरपालिकासँग सहकार्य गरी त्यहाँका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्ने छ । उक्त तालिम प्राप्त कृषकहरुलाई मेलम्ची नगरपालिकाको सिफरिसमा सिभिल बैंक लिमिटेडले सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्नेछ ।

Read More
  • MBL