काठमाडौँ । बर्खा लागेसँगै खेतीपातीको सिजन सुरु भएको छ । तर फेरि रासायनिक मलको अभाव गहिरिँदै जाने हो कि भन्ने डर पनि उत्तिकै छ ।
हरेक वर्षजस्तै यस वर्ष पनि मलको माग उच्च छ, तर आपूर्ति भने अपुग । यस्तो समयमा सरकारले नेपालमै रासायनिक मल उत्पादन गर्ने योजना अगाडि सारेको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत जेठ १४ गते उक्त जानकारी दिएका हुन् ।


