बीमा प्राधिकरण अध्यक्ष नियुक्ति विवादमा सर्वोच्चको अग्राधिकार, मंसिरमा पेसी


बीमा प्राधिकरण अध्यक्ष नियुक्ति विवादमा सर्वोच्चको अग्राधिकार, मंसिरमा पेसी

बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति सम्बन्धी विवादमा सर्वोच्च अदालतले संवैधानिक प्रश्नको गम्भीरताका कारण मुद्दा अग्राधिकारमा राख्दै आगामी मंसिरमा पेसी तोकेको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले उत्प्रेषणसम्बन्धी उक्त मुद्दालाई छलफलका लागि मंसिरमा सुनुवाइ हुने गरी पेशी तोकिएको हो ।

सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ, “दुवै पक्षको जिकिर सुनी अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने विषयमा निष्कर्षमा पुग्नुपर्ने देखिएको, निवेदकले उठाएका संवैधानिक एवं कानुनी प्रश्नहरूको निराकरण अन्तिम सुनुवाइमा हुने प्रकृतिको देखिएको र सबै प्रत्यर्थीहरूको लिखित जवाफ समेत परिसकेको हुँदा मुद्दा चाँडो निर्णय गर्नुपर्ने अवस्था देखिएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरिन्छ ।”

Read More