२१ जेठ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले बजेटमा आएको जलविद्युत् आयोजनाको ‘टेक एन्ड पे’ पीपीए गर्ने प्रावधान हटाउनग ऊर्जा र अर्थमन्त्रीसँग आग्रह गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई ज्ञापनपत्र बुझाउँदै इप्पानले टेक एन्ड पे पीपीए प्रावधानले यो क्षेत्र नै समाप्त हुने भन्दै संसोधनका लागि पहल गरिदिन आग्रह गरेको हो ।


