कालोधन रोक्ने सरकारको प्रयास, घर जग्गा खरिद बिक्री गर्दा बैंक स्टेटमेन्ट लिखतसँगै पेश गर्नुपर्ने


कालोधन रोक्ने सरकारको प्रयास, घर जग्गा खरिद बिक्री गर्दा बैंक स्टेटमेन्ट लिखतसँगै पेश गर्नुपर्ने

काठमाडौं : सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) र आतङ्कवादी क्रियाकलाप रोक्न घर जग्गा खरिद-बिक्रीसम्बन्धि कारोबारलाई थप कडाई गर्ने भएको छ। घर जग्गा कारोबारमा कालोधन अधिक प्रयोग भएको हुनसक्ने आशंकाले सरकारले कडा व्यवस्था ल्याएको हो।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले २०८२ जेठ १३ मा जारी गरेको निर्देशनअनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी रोक्न किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित केवाइसी फारम भरी पेस गरेपछि मात्र लिखत पारित हुने व्यवस्था राखेको हो।

Read More