नेपालमा रोजगारी सृजना र प्राकृतिक विपत्तिको सामना गर्ने क्षमता अभिवृद्धि कार्यक्रममा विश्व बैंकले तीन खर्ब ६९ अर्ब रूपैयाँ लगानी गर्ने भएको छ।
आवधिक कार्यक्रमको रूपमा ६० वर्षदेखि विश्व बैंकले कन्ट्री पार्टनरसिप फ्रेमवर्क कार्यक्रम अगाडि बढाउँदै आएको छ।
विश्व बैंकसहित यसैका सदस्य इन्टरनेसनल फाइनान्स कर्पोरेशन र मल्टिलेटरल इन्भेष्टमेन्ट ग्यारेन्टी एजेन्सीले यो कार्यक्रममा योगदान दिँदै आएका छन्।
हालै सन् २०१९ देखि सन् २०२३ सम्मको यस्तो कार्यक्रम सकिएपछि आगामी सात वर्षको लागि पनि यो कार्यक्रम अगाडि बढाउन लागिएको हो।


