सरकार र यातायात व्यवसायीबीच भयो ६ बुँदे सहमति


सरकार र यातायात व्यवसायीबीच भयो ६ बुँदे सहमति

काठमाडौँ । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच तेस्रो चरणको वार्तापछि सोमवार राति सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म वार्तापछि सहमति भएको हो ।

सहमतिपछि नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताए । उनका अनुसार गण्डकी सरकारले राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्ने निर्णय गरेपछि देशभरि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने सहमति भएको छ ।

Read More