आजको आर्थिक राशिफल: जेठ २० गते मङ्गलबार, जेष्ठ शुक्लपक्ष अष्टमी तिथि - कुन राशिको लागि कस्तो?


आजको आर्थिक राशिफल: जेठ २० गते मङ्गलबार, जेष्ठ शुक्लपक्ष अष्टमी तिथि - कुन राशिको लागि कस्तो?

जेठ २० गते मङ्गलबार, जेष्ठ शुक्लपक्ष अष्टमी तिथि                                             


मेष
नाफामूलक कार्य सम्पन्न हुने सम्भावना प्रबल छ। आर्थिक लाभका अवसरहरू प्राप्त हुनेछन्।

वृष 
लेनदेनमा सावधानी आवश्यक छ। काममा बदनामी वा अपजस व्यहोर्नुपर्ने परिस्थिति आउन सक्छ, सतर्क रहनु उपयुक्त हुनेछ।

मिथुन 
सम्पत्तिमा बृद्धि हुने संकेत छन्। नियमित प्रयास जारी राख्दा कार्यक्षेत्रमा सकारात्मक परिणाम देखा पर्नेछ।

कर्कट
आर्थिक समस्याको सम्भावना रहेकाले खर्चमा नियन्त्रण आवश्यक छ। योजनाविना खर्चले समस्यामा पार्न सक्छ।

सिंह
कामको मूल्याङ्कनस्वरूप पदोन्नति वा नयाँ जिम्मेवारी प्राप्त हुने योग छ। व्यवसायमा उल्लेखनीय लाभ मिल्ने सम्भावना छ।

कन्या
मानसिक तनाव तथा धन हानिको संकेत देखिन्छ। स्वास्थ्य र खर्चप्रति विशेष सावधानी अपनाउनु उपयुक्त हुनेछ।

तुला
विविध क्षेत्रबाट लाभ प्राप्त हुने समय हो। रोकिन पुगेका कार्यहरू पनि सम्पन्न हुनेछन्।

वृश्चिक
पेशागत क्षेत्रमा उन्नति र सामाजिक मान्यता प्राप्त हुने सम्भावना छ। नयाँ योजना सुरु गर्न चाहनेहरूका लागि अनुकूल समय छ।

धनु
सामान्य अवस्थाको दिन रहनेछ। यथास्थितिमा सन्तुष्ट रहने उपयुक्त हुनेछ, नयाँ लगानीमा सतर्कता आवश्यक छ।

मकर
ठूलो लाभको अपेक्षा गर्न नसकिए पनि दैनिक कार्यहरूमा क्रमिक प्रगति देखिन सक्छ।

कुम्भ
शिक्षा तथा स्वास्थ्य सम्बन्धी कार्यहरूमा सफलता मिल्नेछ। परिश्रमको उचित प्रतिफल प्राप्त हुनेछ, र पारिवारिक सहयोग प्राप्त हुनेछ।

मीन
धन लाभ हुने योग देखिन्छ। नयाँ कार्य प्रारम्भका लागि उपयुक्त समय रहेको संकेत छ।