विद्युत र सिँचाइ सेवामा सुधार ल्याउन विश्व बैंकले नेपाललाई ३५ अर्ब भन्दा बढी ऋण दिने


विद्युत र सिँचाइ सेवामा सुधार ल्याउन विश्व बैंकले नेपाललाई ३५ अर्ब भन्दा बढी ऋण दिने

१९ जेठ, काठमाडौं । नेपालको विद्युत र सिँचाइ सेवामा सुधार ल्याउने दुई परियोजनाका लागि विश्व बैंकले २५७ मिलियन अमेरिकी डलर (३५ अर्ब रुपैयाँ भन्दा धेरै) ऋण सहयोग स्वीकृत गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक समितिले मे २९ मा नेपालका लागि दुईवटा परियोजनाहरू स्वीकृत गरेको हो । यी परियोजनाको मूख्य लक्ष्य विद्युत् वितरण सेवामा सुधार ल्याउने र सिँचाइ सेवा सुधार गरी कृषि उत्पादकत्व वृद्धि गर्न सहयोग पुर्‍याउने रहेको विश्व बैंकले जनाएको छ ।

Read More