काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई ब्युँताउने नेपालको प्रयास पटक–पटक असफल भएको छ । भारत र पाकिस्तानका द्वन्द्वका कारण सार्कको अस्तित्व संकटमा परेको छ ।
सार्कमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान सदस्य छन् । सन् २०१४ को नोभेम्बर २७ र २८ मा नेपालमा भएको सार्क सम्मेलनपछि थप गतिविधि भएको छैन । सार्क सम्मेलन सम्पन्न भएको पाँच महिनापछि पोखरामा बसेको सार्क मन्त्रीस्तरीय बैठकले पाकिस्तानको इस्लामावादमा १९औं बैठक २४ र २५ चैत २०७३ मा बस्ने निर्णय गरेको थियो ।


