भारतले उच्च नेटवर्थ भएका व्यक्तिहरुको संख्यामा विश्वमै सबैभन्दा तीब्र वृद्धि हासिल गर्दै


भारतले उच्च नेटवर्थ भएका व्यक्तिहरुको संख्यामा विश्वमै सबैभन्दा तीब्र वृद्धि हासिल गर्दै

काठमाडौं : भारतले उच्च नेटवर्थ भएका व्यक्तिहरु अर्थात अल्ट्रा हाइ नेटवर्थ इन्डिभिजुअल्सको संख्यामा विश्वकै सबैभन्दा तीब्र वृद्धि हासिल गर्ने एक रिपोर्टले देखाएको छ । म्याकिन्से एन्ड कम्पनीको प्रतिवेदन अनुसार भारतमा उच्च नेटवर्थ भएका व्यक्तिहरुको संख्या सन् २०२३ देखि २०२८ सम्ममा ५० प्रतिशतले बढ्ने देखिएको हो । जुन विश्वमै सबैभन्दा तीब्र वृद्धि हो ।

यता, स्टेट अफ फेसन लक्जरी रिपोर्ट अनुसार जनसांख्यिकीय र संरचनात्मक परिवर्तनहरुको कारणले भारतको लक्जरी बजार सन् २०२५ मा १५ देखि २० प्रतिशतको दरले बढ्ने अपेक्षा गरिएको छ । रिपोर्टअनुसार, नयाँ लक्जरी मलहरु र डिपार्टमेन्ट स्टोरहरुले पहिलो श्रेणीका सहरहरुमा लक्जरी रियल इस्टेटमा वृद्धि गरिरहेका छन् । 

Read More