विभिन्न ८ वटा यातायात संघ संगठनहरुले काठमाडौंको माइतीघरमा आन्दोलन गरेका छन् ।
सार्वजनिक यातायात बचाउ संघर्ष समिति बनाएर यातायात व्यवसायीले आफ्ना माग पूरा गराउन आन्दोलनमा होमिएका हुन् ।
बानेश्वरदेखि माइतीघरसम्म र्याली गर्दै यातायात व्यवसायीले आन्दोलन जनाएका छन् । सोमबारदेखि यातायात व्यवसायीहरुले देशव्यापी अनिश्चिकालीन यातायात बन्द गर्ने घोषणा समेत गरिसकेका छन् ।


