सुनचाँदीमा अनावश्यक करः व्यवसाय धरासायी हुने खतरा, तत्काल खारेजीको माग


सुनचाँदीमा अनावश्यक करः व्यवसाय धरासायी हुने खतरा, तत्काल खारेजीको माग

२०७८/७९ देखि सुनचाँदी व्यवसायमा लागू गरिएको कर संरचना अझै कडा बनाउँदै सरकारले २०८२/८३ को बजेटमार्फत सुनचाँदी तथा हिरा–पत्थर जडित गहनामा थप करको व्यवस्था गरेपछि व्यवसायीहरूले कडा आपत्ति जनाएका छन्।

आइतबार सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र हस्तकला महासंघले संयुक्त विज्ञप्ती जारी गर्दै आपत्ति जनाएका हुन् ।

उनीहरुका अनुसार विदेशबाट फर्किने नेपालीले झिटीगुन्टाको रूपमा ल्याउने सुनमा केही सहजता दिइए पनि, सामान्य उपभोग्य गहनालाई विलासिता करको दायरामा राख्नु आपत्तिजनक छ। अघिल्लो वर्षसम्म १० लाख रुपैयाँभन्दा माथिका गहनामा मात्र लागू हुने २ प्रतिशत विलासिता कर यस वर्षदेखि सीमा निर्धारण नगरी सम्पूर्ण गहनामा लागु गरिनु, साथै हिरा तथा बहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) थपिनु अत्यन्तै अन्यायपूर्ण भएको व्यवसायीहरूको तर्क छ।

Read More