बजेटमा 'टाइपो मिस्टेक' भएको भन्दै सच्याइयो मदिराको भन्सार


बजेटमा 'टाइपो मिस्टेक' भएको भन्दै सच्याइयो मदिराको भन्सार

स्वदेशी मदिरा उद्योगीको व्यापक गुनासोपछि सरकारले मदिराको आयातमा लगाएका करका दरहरू एकै दिनमा परिवर्तन गरेको छ।

जेठ १५ गते बजेट भाषणसँगै ल्याइएको आर्थिक विधेयकमा मदिरा आयात गर्ने क्रममा सबैलाई आयातीत मूल्यको १०० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरिएको थियो।

यो नीति अनुसार आयातीत मदिरामा बढी मूल्यको थप महँगो हुने र कम मूल्यको थप सस्तो हुने हुन्थ्यो।

मानौं, पाँच सय रूपैयाँको मदिरा आयात भएको छ भने पाँच सय रूपैयाँ नै र दस हजार रूपैयाँको छ भने १० हजार रूपैयाँ नै भन्सार लाग्ने गरी करका दरहरू परिवर्तन गरिएको थियो।

Read More