काठमाडौं : आगामी आर्थिक वर्षको बजेटले १७ हजार मेगावाटका आरओआर (नदी प्रवाहमा आधारित) आयोजनाको निर्माणको बाटो बन्द गरेको छ ।
बिहीबार संसद्मा प्रस्तुत भएको बजेटमा आरओआर आयोजनाहरूको विद्युत् खरिद÷बिक्री सम्झौता (पीपीए) टेक एन्ड पे (किन अनि तिर) मा गर्ने उल्लेख छ । यसअघि आरओआरको पीपीए टेक अर पे (किन वा नकिन तर तिर) मा हुँदै आएको थियो ।


