काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिए सदन चल्न नदिने ‘बटमलाइन’बाट प्रतिपक्षी दलहरू ‘ब्याक’ नहुने देखिइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने संवादका माध्यमबाट समाधान खोज्नुको साटो सार्वजनिक कार्यक्रमबाटै दलहरूलाई चिढ्याउन उद्यत देखिएका छन् । प्रधानमन्त्री ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको भन्दै उनको बचाउ गरेका हुन् ।


