होटललाई उत्पादनमूलक उद्योग सरह आयकरमा छुट दिएपछि व्यवसायी खुशी, हानले भन्यो–दशकौंदेखिको माग पुरा भयो


होटललाई उत्पादनमूलक उद्योग सरह आयकरमा छुट दिएपछि व्यवसायी खुशी, हानले भन्यो–दशकौंदेखिको माग पुरा भयो

संघीय संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८२/८३ को राष्ट्रिय बजेटमा होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत महशुल छुट दिने घोषणाको होटल संघ नेपालले स्वागत गरेको छ । 

संघका अध्यक्ष विनायक शाहले दशकौंदेखिको यो माग पूरा भएकोमा नेपाल सरकार तथा विशेष गरी अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै सरकारको यो घोषणा होटल उद्योगले पुर्याएको योगदानको कदर भएको बताएका छन्।

बजेटको सकारात्मक पक्षको चर्चा गर्दै अध्यक्ष शाहले नेपाली होटल उद्योगको बढ्दो क्षमताको अधिकतम उपयोग गर्न पर्यटकको आगमन बढाउन बजेटले काठमाडौं, पोखरा, भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुको सेवा र सञ्जालको द्रुत विस्तार गर्दै पर्यटकीय गन्तव्य जोड्ने स्तरोन्नती भइरहेका राष्ट्रिय राजमार्गहरुको समयावद्ध निर्माण, नेपाल एयरलाइन्सको सुधार, नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने घोषणा महत्वपूर्ण रहेको जनाइएको छ ।

Read More