काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन्। बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् ।
उनले अर्थ मन्त्रालयले कार्ययोजनाको काम आजैबाट सुरू गर्ने बताए । उनले आगामी आर्थिक वर्षमा सरकारले पुँजीगत खर्च बढाइएको जानकारी दिए। उनले राजस्व लक्ष्यको १७ प्रतिशत निर्धारण गरिएकोले जसरी पनि लक्ष्य हासिल गरिने दाबी गरे ।






