नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक र HAMS अस्पतालमा १२% सम्म छुट


नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नागरिक र HAMS अस्पतालमा १२% सम्म छुट

मिति २०८२ साल जेठ १४ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई HAMS अस्पतालद्वारा सञ्चालित भक्तपुरको गठ्ठाघर स्थित नागरिक सामुदायिक शिक्षण अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने  सम्बन्धी सम्झौता भएको छ । 

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई नागरिक सामुदायिक शिक्षण अस्पताल र HAMS अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको ५ प्रतिशत देखि १२ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।    

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत श्री प्रकाश कुमार अधिकारी र नागरिक सामुदायिक शिक्षण अस्पताल को तर्फबाट कार्यकारी निर्देशक श्री भुवन चक्र जोशीले हस्ताक्षर गर्नुभयो ।