सरकारको स्वामित्वमा रहेको नेपाल दुरसञ्चार कम्पनीको सेयर नागरिकमा पनि वितरण गर्ने घोषणा गरिएको छ। बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।
‘नेपाल सरकारको बहुमत सेयर कायम रहनेगरी नेपाल दुरसञ्चार कम्पनी ३० प्रतिशत सेयर आमनागरिक वितरण गरिनेछ,’ बजेट भाषणमा अर्थमन्त्री पौडेलले भने।

