काठमाडौं : चालु आर्थिक वर्षमा बजेट खर्च १६ खर्ब ६२ अर्ब हुने संशोधित अनुमान सरकारले गरेको छ । आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आवको बजेटको संशोधित अनुमान पेश गरेका हुन् । चालु आर्थिक वर्षमा सकरारले १८ खर्ब ६० अर्ब बराबरको बजेट खर्च अनुमान गरेको थियो । अब उक्त रकम १६ खर्ब ६२ अर्ब रुपैयाँमा झरेको छ ।


